गर्जाङढुङ्गा माविमा आङदाेर्जे पासाङफुटी स्मृति कप हुँदै

सृजना बि.क रामेछाप
गर्जाङढुङ्गा माध्यमिक विघालय जिरी नगरपालिका १ पुम्पामा आङदाेर्जे पासाङफुटी स्मृति कप २०७९ हुने भएकाे छ । विधालयकाे ६२ ओैँ वार्षिकत्सव तथा अभिभावक दिवसकाे अवसरमा यहि फागुन १२ देखि १६ गते सम्म उक्त भलिवल खेल हुन लागेकाे हाे ।भलिवल खेलमा जिरी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विधालयहरूका शिक्षक तथा जिल्लाभित्रका मावि तहका छात्रहरू सहभागी हुन पाउनेछन । शिक्षकतर्फकाे खेल १२ र १३ गते हुनेछ भने छात्रतर्फकाे खेल १४ देखि १६ गतेसम्म हुने छ ।
शिक्षकतर्फकाे खेलमा प्रथम स्थान हासिल गर्ने टिमलाई २० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र , द्वितीय स्थान हासिल गर्ने टिमलाई १० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र तृतिय स्थान हासिल गर्ने टिमलाई ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र रहेकाे गर्जाङढुङ्गा माविका शिक्षक तेज कार्कीले जानकारी दिनुभयाे । त्यस्तै छात्रतर्फ प्रथमलाई ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र , द्वितियलाई ३५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र तृतियलाई २० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र रहेकाे छ । त्यैगरी शिक्षक तथा छात्र दुवैतर्फका बेष्ट स्पाइकर , बेष्ट डिफेन्डर र बेष्ट लिफ्टरलाई समेत पुरस्कारकाे व्यवस्था गरीएकाे बताइएकाे छ ।
यस्तै खेल FIVB काे नियम अनुसार लिग कम नकाउटका आधारमा खेलाइने छ ।
खेलकाे उद्घाटन भने माननीय प्रदेश सांसद कुन्दनराज काफ्लेले गर्ने तयारी भएकाे शिक्षक कार्कीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार