लिखुपिकेमा प्रथम अध्यक्ष कप सुरु

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको प्रायोजन शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आजबाट लिखुपिके गाउँपालिकाको हिमगंगा माबिको प्रागंनमा प्रथम अध्यक्ष कप सुरु भएको छ ।
स्थानिय तहमा उत्पादन भएका खेलाडीहरुलाई जिल्ला,तथा स्थर राष्ट्रिय, अन्तराष्ट्रिय स्थरसम्म चिनाउन खेल आयोजना गरिएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत) ले बताउनु भयो । साथै उहाँले खेल स्वास्थ्य र शिक्षाका लागि दुबै अपिरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा संयोजक रेखराज बस्नेतले प्रथम अध्यक्ष कप पहिलो कार्यक्रम भएकाले यसमा भएका केहि कमिकम्जोरी भए सुधार गर्दै लाने बताउनुभयो ।
उदघाटन कार्यक्रममा उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा, वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत, वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत,प्रमुख प्रशासकिय अधिकृत पुष्पलाल धमला ,पुर्ब जनप्रतिनिधि , हिमगंगा माबिका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत,वडा न ३ का पुर्ब वडा अध्यक्ष पुण्य बहादुर बस्नेत, बिद्यालयका प्रधानध्यापक, शिक्षक , बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष , बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो । हिमगंगा माबिको प्रागंनमा सञ्चालन भईरहेको अध्यक्ष कपमा पुुरुष भलिबल , ब्याडमिन्टन ,कबड्डी,महिला म्याराथन, सियोधागो , सटफुट, लगायतका गरी ७ खेल हुनेछन ।
भलिबलतर्फ आज भएको लिखुपिके गाउँपालिका वडा नम्बर पाँच र वडा नम्बर तीनबीचको पहिलो खेलमा वडा नम्बर पाँच भकान्जेले जितेको छ ।

त्यस्तै दोस्रो खेलमा आयोजक टीम र वडा नम्बर २ गोलीको टीम ए बिच खेल भएको थियो । सो खेलमा वडा नम्बर २ गोलीको टीम ए ले जितेको छ ।

तेस्रो खेल वडा ४ को ए र बी टीमबीच भएको थियो । सो खेलमा वडा नम्बर ४ को टीम बि ले जितेको छ । चौथो खेल वडा नम्बर ५ भकान्जे र वडा नम्बर २ गोलि टीम बी बिच भएको थियो । यो खेलमा भने गोली टीम बी ले जित हात पारेको छ ।

उद्घाटन खेलमा खेलकुद समिति र आयोजकबिच एक सेटको प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा खेलकुद समितिले जितेको छ ।
३ दिनसम्म चल्ने कार्यक्रममा भलिबल तर्फ भने ७ टिम प्रतिस्पर्धामा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार