रामेछाप । बम्तिभण्डारको सेर्दुगाउँमा महादेव, पार्वतीको शिला उत्पत्ति भएपछि गरिएको पूजा तथा मेलामा ४ सय भन्दा बढीले अवलोकन गरेका जीबन घतानेले बताउनुभयो ।
बिहीबार उँधौली पर्वको अवसरमा लागेको मेलामा वडा बासीसहित छिमेकी वडा, गाउँपालिका, छिमेकी पालिका र जिल्लाभित्र र बाहिरबाट महादेव, पार्वतीको दर्शनमा पुगेका हुन् । मेला भर्न धामी झाँक्री तथा श्रद्धालु भक्तजनहरू ३ दिन अगाडि देखि माछा, मासु, लसुन,प्याज, टिम्बुर नखाई आएका हुन् ।
गत भदौ पहिलो हप्ता उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार स्थित सेर्दुगाउँमा महादेव र पार्वतीको आफै उत्पत्ति भएपछि त्यहाँ मेला लागेको हो ।
स्थानीयहरूका अनुसार घरसँगै जोडिएको भूमिमा महादेव र पार्वतीको शिला उत्पत्ति भएको हो ।
बिहिवार भव्य मेला पुजारी दीपक घले, राम घतानी र लक्ष्मण घतानीसहितको पाठपारायणमा सम्पन्न भएको हो ।





