लक्ष्मी पूजाकाे दिन बाम्तिभण्डारमा आगाेलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट

रामेछाप । रामेछापको बाम्तिभण्डार स्थित तार्जेमा गएराति एक घरमा आगाेलाग्दा जलेर नष्ट भएको छ । साेमबार राति लक्ष्मी पूजाकाे दिन उमाकुण्ड गाउँपालिका वडा नं २ स्थित तार्जेका स्थानीय रामबहादुर खड्काको घरमा बिजुली बत्तीकाे तार सर्ट भएर आगाेलागी भएको स्थानीयबासीले जानाकारी दिएका छन ।
राति करिब ११ बजेतिर खड्काको ८ जना परिवार बसिरहेकाे घरमा आगाेलाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी बाम्तीले जनाएको छ ।
आगाे स्थानीय र प्रहरीकाे सक्रियतामा राति २ बजेकाे समयमा नियन्त्रणमा लिएकाे थियो । घर जल्दा २८ लाख ७० हजार बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय एवं पशुचौपाएलाई भने केहि क्षेति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार