सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ मा भलिबल प्रतियोगिता सुरु

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ मा भलिबल प्रतियोगिता सुरु

सोलुखुम्बु : नेपाल बिद्यार्थी संघ लिखुपिके गाउँपालिका वडा न २ द्वार आयोजना गरिएको वडा स्थरिय पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिका वडा २ को बुद्व माबिको प्रागणमा सुरु भएको छ । नेपाली काँग्रेग महाधिवेशन प्रतिनिधी लोकेन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा नेबिसंघ लिखुपिके गाउँपालिका संयोजक नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती सदस्य कमल बस्नेतको अध्यक्षता तथा लिखुपिके गाउँपालिका अध्यक्ष मिना बस्नेत ( कार्की) को बिशिष्ट आतिथ्यतामा उक्त भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा लिखुपिके वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा लिखुपिके गाउँपालिका वडा २ ,३,४ र ५ का बिभिन्न संघ सँस्थाका गरी ७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता हुने टिमले क्रमश प्रथमले नगद रु १५ हजार ,द्वितीय १० हजार, तृतिय ५ हजारको साथमा मेडल र प्रमाणपत्र पाउने छन भने सान्त्वना हुने टिमले नगद रु २ हजार ५ सयको साथमा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिता भोली सोमबार सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित