सोलुखुम्बु : बिपद् न्युनिकरण तथा ब्यबस्थापनमा स्थानिय तहमा क्षमता अभिबृद्वि प्रशिक्षण सम्बन्धि २ दिने तालिम सोलुखुम्बुको लिखुपिकेमा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार एक निकाय द्वार दिएको उत्त तालिममा गाउँपालिकामा बिपद् परिहाले के कसरी उद्वार र राहत दिन सकिन्छ । पुर्ब तयारी कस्तो रहन्छ लगायतको बिषयमा तालिम प्रदान गरिएको तालिममा सहभागिहरुले बताएका छन ।
बिपद् परिहाले कसरी राहत र उद्वार गर्न सकिने रहेछ भन्ने बारेमा तालिम प्रदान गरिएकोमा तालिम प्रदान गर्ने निकाएलाई धन्यबाद सँगै यस्ता तालिमले सार्थकता पावस भन्ने अपेक्षा रहेको लिखुपिके गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले बताउनुभयो ।
तालिम समापन गर्दै तालिममका प्रशिक्षक भरत प्रसाद कोईरालाले सोलुखुम्बु जिल्लामा खासै ठुलो बिपद् नआएको कारण लिखुपिके गाउँपालिकामा बिपद् सम्बन्धि बारे कम जानाकार रहेको बताउनु भयो साथै। अन्य संघ सँस्थाहरु पनि यस गाउँपालिकामा नआईपुग्ने र जिल्ला केन्द्रित रहेको बताउनु भयो ।
बिपद्को बेला कसरी जोगिन सकिन्छ यसबाट राज्यले के कस्तो स्थानिय तहमा सुबिधा दिएको छ भन्ने बिषयमा २ दिने तालिम सञ्चालन गरेको हो । बिपद्को बेला राहाद बितरण गर्दा समता तरिकाले बितरण भयो भएन, बिपद् परिहाले कसरी समधान गर्ने , लगायतका थुप्रै योजजाहरु संघ,प्रदेश र अन्य दात्रि निकायको सहयोग लिदै गाउँपालिका जिम्मेवार भयो भने यसरी दिएको तालिममले सार्थकता पाउने छ । नत्र तालिम तालिममै सिमित नहोला भन्न सकिदैन ।



















Discussion about this post