सोलुखुम्बु:आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ । समानुपातिक निर्वाचन प्रणालितर्फको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिकतर्फको एक लाख ८१ हजार थान मतपत्र जिल्ला आइपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार समानुपातिक निर्वाचन प्रणालितर्फको प्रतिनिधिसभाका लागि ९० हजार थान मतपत्र जिल्लामा आइपुगेको हो ।
यस्तै प्रदेश सभा सदस्य समानुपातिकतर्फको ९१ हजार थान मतपत्र जिल्ला आइसकेको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतपत्र भने आउन बाँकी रहेको उहाँको भनाइ छ । सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिका अनुसार जिल्लामा आएका मतपत्रहरुको रुजु गर्ने काम भइरहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र तीन दिन अघि नै जिल्ला आइपुगेको उहाँको भनाई छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुखुम्बु जिल्लामा मतदाताको संख्या ८१ हजार पाँच सय दुई जना रहेका छन् । जसमा महिला ३९ हजार तीन सय ६९ जना रहेका छन भने ४२ हजार एक सय ३३ जना पुरुष रहेका छन ।
Discussion about this post