रामेछाप :गठबन्धनको तर्फका प्रतिनिधि सभा सदस्य उम्मेद्वार एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफू निर्वाचित भए उमाकुण्डलाई हराभरा बनाउने बताएका छन । उमाकुण्ड गाउँपालिका वडा न २ को चुनाबी सभामा यस्तो बताउँदै उमाकुण्ड गाउँपालिका प्राकृतिक रूपमा सम्पन्न रहेको बताएका तामाङले यीनै प्राकृतिक स्रोतलाई समुचित प्रयोग गरेर समृद्ध उमाकुण्ड बनाउने धारणा राखे ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले उमाकुण्ड गाउँपालिका जिल्लाकै बिगट भएता पनि आफुले जिते जनअपेक्षा अनुसारको काम हुने बताए ।
माओवादीका नेता एवं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले फेरि एकपटक जनताले आफुलाई बिश्वास गरेर जिताउनेमा ढुक्क रहेको बताए । उनले जिल्लालाई आफू प्रतिनिधि सभाको सदस्य हुँदा पूर्ण बिद्युतिकरण गरिएको, दर्जनौँ पक्की पुल निर्माण भएका, सयौँ किलोमिटर सडक कालोपत्रे गरिएको बताउँदै अब ठुलठुला पूर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
सभामा बाम्तीका वडा सभापति चूडामणि श्रेष्ठ, रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार मुक्त बहादुर महते, नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पूर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, नेकपा माओवादी केन्द्र उमाकुण्ड २ का वडा कमिटी अध्यक्ष प्रदीप बस्नेत लगायतले धारणा राखेका थिए । भोलि शनिवार पालिकाको वडा नं १ गुम्देलमा





