सगरमाथाको फेदमा एआई पत्रकारिता तालिम

सोलुखुम्बु-सदरमुकाम सल्लेरीमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखा एवम कोशि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजना भएको पत्रकारितामा एआई कार्यक्षमता अभिवृद्धि तालिममा जिल्लाका २० जना भन्दा बढी पत्रकार सहभागी भएका छन् ।
पत्रकारितामा एआई प्रविधिको सुरक्षित, प्रभावकारी र जिम्मेवार प्रयोगबारे क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डे ले एआई प्रविधि अहिले सूचना प्रवाहको महत्वपूर्ण माध्यम बन्दै गएको बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोगले समाचार सम्प्रेषणलाई छिटो, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने धारणा राख्दै यसको प्रयोगलाई नीतिगत रूपमा व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले एआई पत्रकारिता समयको आवश्यकता बनेको बताउनुभयो । उहाँले एआईको दुरुपयोगभन्दा सदुपयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
तालिममा प्रशिक्षक अजय शर्मा ले समाचार लेखन, डिजिटल सामग्री उत्पादन तथा पत्रकारितामा एआईको व्यावसायिक प्रयोगका विषयमा सहजीकरण गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार