काठमाडौ:नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सांसद पदका लागि लड्ने बताएकी छन् । मंसिर ४ गते तोकिएको निर्वाचनमा आफू निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्ने सिधा प्रेसलाई बताइन्।
उनले भनिन्,पार्टीले महिलालाई उत्तिकै सम्मान गर्ने छ भन्ने मलाई विश्वास छ।’ यो निर्वाचन क्षेत्रमा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि एमालेबाट चर्चामा छ। रेडियो नेपालको जागिर छाडेर ०७३ सालदेखि राजनीतिमा सक्रिय भएकी ओली राष्ट्रियसभा सदस्य पनि थिइन् ।
तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी उनी पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छिन् ।
दाङ स्थायी घर भएकी उनी गत निर्वाचनदेखि एमालेमा सक्रिय भएर लागेकी हुन् । ओली लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।





