अमेरिकाबासी समाजसेवी पासाङ लामाद्वारा बाढीपीडितका लागि १ करोड ७ हजार रुपैयाँ सहयोग

अमेरिकाबासी समाजसेवी पासाङ लामाद्वारा बाढीपीडितका लागि १ करोड ७ हजार रुपैयाँ सहयोग

रामेछाप-जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २, बाम्ती भण्डार (सेर्दुगाउँ) मा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका सफल व्यवसायी, समाजसेवी तथा उत्प्रेरक वक्ता (मोटिभेसनल स्पिकर) पासाङ लामाले नेपालका बाढीपीडितहरूका लागि ठुलो आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
लामाले ‘लामा फाउन्डेसन’ मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १,००,MD७,००० (एक करोड सात हजार रुपैयाँ) जम्मा गर्नुभएको हो । हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्र्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले उक्त रकम सहयोग गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गरेसँगै लामाले प्रवासमा रहे पनि आफ्नो मातृभूमिप्रति दर्साउनुएको यो मायाको चौतर्फी प्रशंसा भइरहेको छ । संकटको यस घडीमा सरकारी कोष नै सहयोग गर्ने सबैभन्दा भरपर्दो र सुरक्षित माध्यम भएको उल्लेख गर्दै उहाँले देश-विदेशमा रहेका अन्य इच्छुक सहयोगीहरूलाई पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष मार्फत नै सहयोग गर्न सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित