नाम्खेलीमा बन्ने गुम्बाका लागि वडा अध्यक्ष ध्रुब बहादुर बस्नेतले गरे १ रोपनी जग्गा दान

नाम्खेलीमा बन्ने गुम्बाका लागि वडा अध्यक्ष ध्रुब बहादुर बस्नेतले गरे १ रोपनी जग्गा दान

लिखुपिके गाउँपालिका–३,नाम्खेलीमा भारतीय राजदूतावासको सहयोग तथा लिखुपिके गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुन लागेको गुम्बाका लागि जग्गा उपलब्ध गराउने महानुभावहरूप्रति गाउँपालिकाले हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ
गुम्बा निर्माणका लागि लिखुपिके गाउँपालिका–१ निवासी श्री सोनाम पुटी शेर्पाले ३ रोपनी जग्गा दान गर्नुभएको छ। त्यसैगरी श्री ङिमा शेर्पाले १ रोपनी जग्गा खरिद गरी गुम्बालाई दान गर्नुभएको छ। साथै, लिखुपिके गाउँपालिका–३ का वडा अध्यक्ष श्री ध्रुब बहादुर बस्नेतले पनि १ रोपनी जग्गा खरिद गरी गुम्बा निर्माणका लागि दान गर्नुभएको छ।

उहाँहरूको उदारता, समाजप्रतिको समर्पण र धार्मिक आस्थाले गुम्बा निर्माणलाई थप सहज बनाएको गाउँपालिकाले जनाएको छ। यस योगदानले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
गाउँपालिकाले यस्ता पुण्य कार्यले आगामी पुस्तालाई पनि समाज, संस्कृति र सम्पदाप्रति जिम्मेवार तथा प्रेरित बन्न सहयोग पुग्ने उल्लेख गर्दै जग्गादाता सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित