रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

सोलुखुम्बु, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुले जिल्लाको भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी कर्ण बहादुर विश्वकर्मालाई प्रदान गरेको छ ।
बैशाख १७ गते बसेको जिल्ला कार्य समितिको भर्चुअल बैठकको निर्णयअनुसार माप्य दुधकोशी गाउँपालिका–४ निवासी विश्वकर्मालाई उक्त जिम्मेवारी दिइएको हो ।
रास्वपा जिल्ला समिति सोलुखुम्बुका सभापति नारायण काजी कार्की का अनुसार विश्वकर्माले लामो समयदेखि जिल्लामा पार्टी संगठन विस्तार तथा सक्रिय राजनीतिक योगदान गर्दै आएकाले उनको भूमिकाको उच्च मूल्यांकन गर्दै जिम्मेवारी प्रदान गरिएको हो ।
नवनियुक्त विभाग प्रमुख कर्ण बहादुर विश्वकर्मा ले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै जिल्लामा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार