रास्वपा लिखुपिकेको पहिलो अधिवेशन सम्पन्न

सोलुखुम्बु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखुपिके गाउँपालिकाको पहिलो ऐतिहासिक गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन गाउँपालिका सभापति सौरभ खड्काको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूमा प्रमोद न्यौपाने (केन्द्रीय सदस्य), राजन दहाल (केन्द्रीय नेता), सरिन विक्रम तामाङ (नेता), नारायण काजी कार्की (जिल्ला सभापति) तथा ऋषिधन राई (जिल्ला सचिव) लगायत रहेका थिए।
अधिवेशनमा पार्टी संगठन सुदृढीकरण, विस्तार तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। साथै कार्यक्रममा सहभागी नेताहरूले लिखुपिके गाउँपालिका तथा समग्र सोलुखुम्बु जिल्लाको विकास निर्माणका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा केन्द्रीय नेताहरूले लिखुपिके गाउँपालिका तथा सोलुखुम्बु जिल्लाको समग्र विकास, सुशासन प्रवर्द्धन र जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार