सोलुखुम्बु-राष्ट्रिय स्वतन्त्र पार्टी ले लिखु पिके गाउँपालिकामा आफ्नो प्रथम ऐतिहासिक गाउँ अधिवेशन आयोजना गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त अधिवेशन २०८३ बैशाख १२ गते बिहान ११ बजे हुने तय गरिएको छ।
कार्यक्रम लिखु पिके गाउँपालिका मा आयोजना हुने जनाइएको छ। पार्टीका स्थानीय नेतृत्व तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
“राष्ट्रियता, लोकतन्त्र र सुशासन” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस अधिवेशनले गाउँपालिकामा पार्टी संगठन विस्तार, नीति तथा कार्यक्रम तय गर्ने लगायतका विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको छ।
पार्टीले सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।



















Discussion about this post