सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा नं. ३ सिरुवास्थित श्री सिरुवा खप्तडी कुल गुठी संस्थाको नाममा निःशुल्क जग्गा प्रदान गरिएको छ। साबिक चौलाखर्क गाविस वडा नं.९ रिस्ती निवासी शम्भु बहादुर बस्नेतका छोरा इन्द्रबहादुर बस्नेतले १३ आना र स्वर्गीय ललित बहादुर बस्नेतकी श्रीमती बालकुमारी बस्नेतले ३ आना गरी जम्मा १६ आना जग्गा कुल गुठी संस्थालाई प्रदान गर्नुभएको हो।
जग्गा प्रदान गर्ने दुवै दाताप्रति श्री सिरुवा खप्तडी कुल गुठी संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। उक्त जग्गामा मिति २०८२ साल माघ २१ गते कुल गुठी घरको सिलान्यास कार्यक्रम समेत सम्पन्न गरिएको छ।
संस्थाका अनुसार यस कार्यले कुलको संरक्षण, सांस्कृतिक परम्पराको जगेर्ना तथा भावी पुस्ताका लागि साझा सम्पत्तिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।





