लिखुपिकेमा एक महिने बुनाइ प्रशिक्षण सम्पन्न

लिखुपिकेमा एक महिने बुनाइ प्रशिक्षण सम्पन्न

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको स्रोत तथा लिखु सामुदायिक सिकाइ केन्द्र, लिखुपिके–२ को आयोजनामा सञ्चालन गरिएको एक महिने बुनाइ प्रशिक्षण तथा तालिम कार्यक्रम आज मङ्गलवार
सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत ले महिलाहरूका लागि सीपमूलक तालिम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता सीपले महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले सीपमूलक तथा आयआर्जनसँग जोडिएका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मणिराज बस्नेत, पूर्व वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै आयआर्जनका काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तालिम ३० महिलाले लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित