नुम्बुर हिमालय हाइड्रोले प्रिमियममा आईपीओ निकाल्ने

सोलुखुम्बु:नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ७ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१८ रुपैयाँमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कुल ३० लाख ६ हजार २ सय २ कित्ता शेयर निष्काशन गर्ने भएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो कम्पनीले एमभी दुगड ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले रामेछाप र सोलुखुम्बुमा पर्ने लिखु खोलामा २४.२ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०२२ फेब्रुअरी ८ देखि व्यापारिक उत्पादन सुरु गरिरहेको छ। यस आयोजनाको २४.२ मेगावाटको बिजुलीको लागि टेक अर पे मा पीपीए भएको छ भने थप थप ४.८४ मेगावाटको टेक एण्ड पे मा पीपीए भएको छ। दुवै गरेर आयोजनाको २९.०४ मेगावट बिजुलीको लागि पीपीए भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार