रामकुमार कार्कीको डाडैनिर पिपलमा चिल बस्यो चर्चा बटुल्दै

रामकुमार कार्कीको डाडैनिर पिपलमा चिल बस्यो चर्चा बटुल्दै

सोलुखुम्बु-घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, काला पानि हाम्रै हो, म त सानु रामेछापको, मायाँलुको वस्ती, लगायत दर्जनौ गीत संगीत बजारमा ल्याएर श्रोता तथा दर्शकहरुको धेरै मन जितेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा डाडैनिर पिपलमा चिल बस्यो, बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । बिकृति र विसंगतिलाइ सधै टाढा राखेर आफ्नो कलाकारिता अगाडी बढाई रहेका रामकुमारले पहिलेका गीतहरु झैं यसलाई पनि सबैले मायाँ गरिदिनुहुनेमा बिश्वास व्यक्त गरेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा न २ बाम्ती गाउँमा जन्मिएका गायक तथा सर्जक कार्कीले मौलिक धरातललाई टेकेर गीत संगित सृजना गर्ने गरेका छन ।

प्रस्तुत गीतमा लय रामकुमार पौडेलको रहेको छ भने शब्द रामकुमार कार्कीको रहेको छ । गीतमा कार्की संगै रामेछापकै कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा प्रकाश जङ्ग बस्नेत, रुपेश दानी क्षेत्री, सौरब जङ्ग कार्की, आयुष्मा कार्की, रेनुका आले मगर, प्रिन्सानी बस्नेत, जगेन्द्र बस्नेत, मन्जु कार्की, सुभ गुबाजु (धराप) हरिचन्द्र के सी र पुर्ववती के सी को अभिनय देख्न सकिन्छ ।

रामकुमार कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । गीतले एकप्रकारको चर्चा कमाई रहेको छ ।

गीतको भिडियो हेर्न तलको लिंक थिच्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित