सोलुखुम्बु:३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लिखुपिके गाउँपालिकाका अशक्तलाई घरमै पुगेर न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न एक कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले उनीहरूको घरमै पुगेर अशक्त तथा अपाङ्गता भएका बालबालिका लगायत अन्य व्यक्तिहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

उहाँले अपांगता भएका ब्यक्तिलाई अन्य सामान्य मानिस सरह बाच्न पाउने अधिकार रहेको भन्दै प्रदत्त अधिकारको थप कार्यान्वयनको पाटोमा गाउँपालिका लागी परेको बताउनुभयो । अपांगता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितताका गाउँपालिकाले जोड दिएको बताउनुभएको छ । चिसो मौसममा अन्य व्यक्तिका तुलनामा अपाङ्गता भएकाहरूलाई थप समस्या हुने महसुस गरि न्यानो कपडा वितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । साथै उहाँले त्यस्ता ब्यक्तिहरुको लागि सिपमुलक तालिम प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लिखुरीमाई अपाङ्ग संस्था लिखुपिकेा अध्यक्ष लोकेन्द्र जङ्ग बस्नेतले अपांगता भएका ब्यक्तिहरुलाई वडा तथा गाउँपालिकाले आबश्यक बजेट छुट्याई विभिन्न सिपमा आधारित तालिमहरु प्रदान गरिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका सभापति तथा लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले
लिखुपिकेमा करुणा फाउन्डेसनले अपांगता भएका ब्यक्तिहरुको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

कार्यक्रममा महिला बिकास शाखा प्रमुख बन्दना भट्टराईले सहभागिहरुलाई योगा अभ्यास समेत गराउनुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा संयोजक रेखराज बस्नेत,वडा सदस्यहरु प्राबिधिक साहायक बिष्णु बरुवाल, सुरक्षाकर्मी ,पत्रकार , लगायत लिखुरीमाई अपाङ्ग संस्थाका सदस्य लगायत विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै प्रकारको कार्यक्रम लिखुपिकेको सबै वडामा भएको करुणा फाउन्डेसन नेपाल लिखुपिके गाउँपालिका संयोजक दिपब सुबेदिले बताउनुभयो । कार्यक्रम लिखुपिके गाउँपालिका वडा न ३ को सभाहलमा सम्पन्न भएको हो ।





