लिखुपिकेमा ग्रामीण आँखा केन्द्रको स्थापना

लिखुपिकेमा ग्रामीण आँखा केन्द्रको स्थापना

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ग्रामीण आँखा केन्द्रको स्थापना भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत र तिलगङ्गा सर्जिकल आँखा केन्द्र सोलुखुुम्बुका अध्यक्ष निमा तेण्डुप शेर्पाले गाउँपालिका केन्द्र चौलाखर्कमा ग्रामीण आँखा केन्द्रको उद्‌घाटन भएको हो ।

ग्रामीण आँखा केन्द्रको उद्‌घाटन पालिका अध्यक्ष कार्कीले  एक जना आँखा कार्यकर्ता रहेर ग्रामीण आँखा केन्द्रबाट सेवा प्रवाह हुने भएकाले यसबाट हजारौँ खर्च गरेर आँखाको सामान्य उपचारका लागी पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको बताउनुभएको छ ।

आँखा केन्द्र स्थापनाका लागी लिखुपिके गाउँपालिकाले भवन र कर्मचारीको पारिश्रमीक लागत साझेदारी सँगै अन्य महत्वपूर्ण साथ दिएको बताइएको छ ।  उद्घाटनका क्रममा तिलगङ्गा सर्जिकल आँखा केन्द्र सोलुखुुम्बुका जिल्ला अध्यक्ष शेर्पाले जिल्लाका ८ पालिका मध्ये सात ओटा पालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेको हुँदा लिखुपिके गाउँपालिकामा यो सेवा विस्तार हुनु खुसिको कुरा भएको उल्लेख गर्नुभएको छ ।  उहाँले छिट्टै महाकुलुङ गाउँपालिकामा पनि ग्रामीण आँखा केन्द्र स्थापना गरिने भएकाले देशभरमै सबै पालिकामा आँखा केन्द्र भएको जिल्ला सोलुखुम्बु हुने बताउनुभयो ।  ग्रामीण आँखा केन्द्रको स्थापनाका लागी गाउँपालिकाको महत्वपूर्ण साझेदारी रहेको उहाँको भनाई छ ।  
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको सहजिकरणमा गाउँपालिकाका नागरिकलाई आँखा सेवा अव गाउँपालिका बाहिर जानुपर्ने बाध्यताको सधैँका लागी अन्त्य भएको आँखा केन्द्रले जनाएको छ ।  उद्‌घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्की, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई लगायत गाउँपालिकाका कर्मचारी, सेवाग्राही तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित