गुम्देललाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

सृजना बिक रामेछाप :उमाकुण्ड गाउँपालिका १ नं वडा शिक्षा समिति महालङ्गुर माध्यमिक विद्यालय गुम्देलको संयुक्त आयोजनामा १ नं वडा गुम्देललाई वडा भित्र कुनैपनि बालबालिका विद्यालय बाहिर नभएको घोषणा गर्दै वडा स्तरीय अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

उमाकुण्ड गाउँपालिका १ नं वडा गुम्देलका वडा अध्यक्ष एवं वडा शिक्षा समितिको अध्यक्ष ङावा तिण्डु शेर्पाको सभापतित्वमा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स. ङावा शेर्पा, वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विव्यस तथा शिक्षक पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि,अभिभावक, समाजसेवी, शिक्षाप्रेमी लगायत सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा भव्य र सभ्य ढंगबाट उक्त कार्यक्रम सम्पन्न भएको महालङगुर माबिका शिक्षक तथा सिधा प्रेस प्रतिनिधि सृजना बिकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार