सोलुखुम्बु:स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित लिखुपिके गाउँपालिको आयोजनामा दोस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ दुई दिन सम्म चल्ने खेलको लिखुपिके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले उदघाटन गर्नुभएको हो । खेलको अध्यक्ष्यता शिक्षा शाखा संयोजक रेखराज बस्नेतले गर्नुभएको छ ।

त्यस्तै उदघाटन कार्यक्रममा लिखुपिके गाउँपालिका वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत,वडा न ३ का वडा अध्यक्ष धुर्ध बहादुर बस्नेत, वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, लगायत लिखुपिके गाउँपालिका भित्रका बिभिन्न बिद्यालयका प्रधानध्यापक तथा शिक्षक , बिद्यार्थी ,बिभिन्न बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष बिभिन्न शाखाका प्रमुख एवम प्रतिनिधि,बिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि लगायतको उपस्थिति रहेको छ । कार्यक्रम लिखुपिके गाृँपालिका वडा न ३ मा रहेको हिमगंगा माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरु भएको हो । कार्यक्रम भोलि सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले राष्ट्रपती रनिङ शिल्डको लागि राज्यले छुट्याइएको बजेट रनिङ शिल्डमानै खर्च गर्नुपर्ने भएकाले छोटो समयमा कार्यक्रमको तयारी गरिएको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनमा ब्यबस्थित बनाउँदै ल्याजाने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।






