रामेछाप:रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वडा न. ७ भुजिमा संचालि उमाकुण्ड लिगको दोस्रो सस्करण सफलतापुर्वक सम्पन्न भएको छ।
गएको मङ्सिर २९ गते उमाकुन्ड गाउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख अतिथिमा लिग शुरु भएको थियो। त्यसैगरी समापनको प्रमुख अतिथि पनि अध्यक्ष सुनुवारले नै गरेका हुन । कार्यक्रमका अध्यक्षता लिखु भुजि रामेछाप युवा क्लबका अध्यक्ष समेत रहेका शेर कुमार सुनुवारले समापन गरेका थिए । उनले सहभागी सवै टिम, कार्यक्रममा सहभागि सम्पुर्ण खेलप्रेमिहरुलाइ धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सुनुवार महिला समुह, महिला आमा समुह सन्जाल, दिब्य आमा समुह, कास्थेम माविका बिद्याथी तथा शिक्षक शिक्षिकाहरु लगायतले प्रमुख अतिथि लगायतलाइ बिशेष झाकी सहित स्वगत गरेका थिए।
महिला र पुरुष दुबैलाइ सहभागी गराएर खेलाइएको खेलमा १६ टिमले भाग लिएका थिए। फुटबल क्ल्व भुजि रामेछाप, लिखु भुजि रामेछाप, प्रीति मिलनचोक क्लब रामेछाप, उमाकुण्ड गाउपालिका प्रीति ४ रामेछाप,भिमेस्वर युथ क्लब रामेछाप,लिखु तामाकोसी गापा सैपु रामेछाप, मन्थली आकासे ब्वाइज,आर्पि वाइसि रसनालु, बिवाइसि रसनालु,बुङ्देल समाज भुजि, दुरागाउ रामेछाप, फर्पु रामेछाप, जिरि क्लब दोलखा, बिगुगाउपालिका दोलखा, शेरम्पु युथ क्ल्व हाबा दोलखा, रगनि ओखलढुंगा, खिजि चण्डेश्वरी ओखलढुंगा लगायतले भाग लिएका थिए।

फाइनलमा बिगु गाउपालिका दोलखा र प्रीति मिलनचोक क्लब रामेछाप बिच प्रतिस्पर्धा भएको खेलमा दुबै टिमवाट ९० मिनेटको खेलमा गोल हुन नसकेपछि ट्राइब्रेकरमा प्रीति मिलनचोक युथ क्लबले ४ का विरुद्ध ५ गोल गरेर उमाकुण्ड लिगको दोस्रो सस्करणको ट्रफि उपाधि हात पार्न सफल भएको छ।
त्यसैगरी महिला तर्फ रगनि ओखलढुंगा र लिखु भुजि युथ क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेल पनि ट्राइब्रेकरमा रगनि ओखलढुंगाले ० का विरुद्ध ३ गोलगरि ट्रफि पदक प्राप्त गरेको छ।
प्रथम हुने पुरुष टिमलाइ १ लाख ५० हजार, उपबिजेतालाइ १ लाख चेक प्रमुख अतिथिको हातवाट हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाइ रोचक बनाउन विभिन्न मौलिक झाकिहरु सहित नृत्य प्रस्तुत गरेर आकर्षक बनाइएको थियो। आयोजकको तर्फबाट सुदिप सुनुवार, मनि कुमार सुनुवार, शुभराज सुनुवार, शेर कुमार सुनुवार, मनोज कुमार सुनुवार लगायतको सकृय भुमिका रहेको थियो।

प्रुमुख अतिथि शेर बहादुर सुनुवारले कार्यक्रममा सम्बोधन गर्दै ” भने अहिले उमाकुन्ड खेलमय भएको छ। अस्थि भर्खरै पालिका रास्ट्रपति रनिङ्शिल्ड गुम्देलमा सम्पन्न भयो, उमाकुण्ड लिग सप्पन्न भयो , यहि पौष २० गतेवाट जिल्लास्तरीय रनिङ शिल्ड हामिले गर्दैछौ।
।यो अवसरमा उमाकुन्डको भौगोलिक बिकटता भएपनि सास्कृतिक, प्राकृति रुपले हामि धनि छौ। र याहा आउने खेलकुद प्रेमिहरुलाइ यहाको विकास अवस्था बुझ्न पनि सजिलो होस भन्ने बिश्वास म राख्दछु। ” भन्दै जित्ने टोलिलाइ बधाइ र सहभागि टिमहरुलाइ धन्यवाद दिएका थिए।






