सोताङमा सम्पन्न अध्यक्ष रनिङशिल्ड प्रतियोगिताको उपाधि पुरुष तर्फ नेचासल्यान २ र महिला तर्फ माप्यदुधकोशी ७ लाई

सोताङमा सम्पन्न अध्यक्ष रनिङशिल्ड प्रतियोगिताको उपाधि पुरुष तर्फ नेचासल्यान २ र महिला तर्फ माप्यदुधकोशी ७ लाई

सोलुखुम्बु-सोताङ गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्ष रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधिका पुरुष तर्फ नेचासल्यान गाउँपलिका २ ले जितेको छ । आज सोताङ गाउँपालिका ३ लाई सोझो सेटमा पराजित गर्दे नेचासल्यान गाउँपालिकाले उपाधि जितेको हो ।
प्रतियोगितामासोताङ ५ लाई हराउँदै सोताङ १ तेस्रो भएको छ । महिला तर्फ महाकुलुङ गाउँपालिका १ लाई हराउँदै माप्य दुधकोशी ७ प्रथम भएको छ भने माप्य दुधकोशी ६ ले तेस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पुरुष तर्फ नेचासल्यान गाउँपालिका २ का दिपक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

यस्तै स्पाइकरमा निर्मल निरौला, सेटरमा अर्जुन राई, ब्ल्करमा मदन बस्नेत र लिब्रोमा तारा बहादुर केसी उत्कृष्ट घोषित भएको प्रादेशिक रेफ्री दिनेश केसीले जानकारी दिनुभयो । यस्तै महिला तर्फ माप्य दुधकोशी ७ का चादनी राई सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यस्तै स्पाइकरमा निसा राई, सेटरमा हरी माया गुरुङ, ब्करमा लिला कुमारी कुलुङ, लिब्रोमा कोपिला कुलुङ उत्कृष्ट घोषित हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः ७० हजार, ५० हजार, ३० हजार र २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित