रामेछापः ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उमाकुण्ड गाउँपालिका अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबारबाट चलिरहेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार एथलेटिक्स तर्फ १२ विधाको खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत १०० मिटर छात्र दौड तर्फ श्री जनता माविका आशिष सुनुवार प्रथम तथा श्री चण्डेश्वरी माविका युवराज खत्री द्वितीय भए भने श्री सिद्धेश्वर माविका अलिस बस्नेत तृतीय भएका छन् ।

१०० मिटर छात्रा दौड तर्फ श्री कैलेश्वर माविका मोहन कुमारी खड्का प्रथम तथा श्री सरस्वती माविका सुशिला लामिछाने द्वितीय भए भने श्री महालंगुर माविका ज्ञानमाया भुजेल तृतीय भएका छन् ।
त्यसैगरी छात्र तर्फ २०० मिटर दौड तर्फ श्री सिद्धेश्वर माविका सुबन खड्का प्रथम तथा श्री महालंगुर माविका सञ्जिव विक द्वितीय भए भने श्री चण्डेश्वरी माविका लोक बहादुर तामाङ तृतीय भएका छन् ।
छात्रा तर्फ २०० मिटर दौड तर्फ श्री कास्थेम माविका दिपा थापा प्रथम तथा श्री चण्डेश्वरी माविका लक्ष्मी खुलाल द्वितीय भए भने श्री सिद्धेश्वर माविका शान्तिमाया राउत तृतीय भएका छन् ।
त्यसैगरी छात्र तर्फ ४०० मिटर दौड तर्फ श्री महालंगुर माविका बुद्धवीर विक प्रथम तथा श्री सरस्वती माविका विशाल सुनुवार द्वितीय भए भने श्री कैलेश्वर माविका हिमाल सुनुवार तृतीय भएका छन् ।
छात्रा तर्फ ४०० मिटर दौड तर्फ श्री कैलेश्वर माविका एलिशिबा शेर्पा प्रथम तथा श्री सरस्वती माविका अनिता कार्की द्वितीय भए भने श्री चण्डेश्वरी माविका निशाना तामाङ तृतीय भएका छन् ।

त्यसैगरी छात्र तर्फ ८०० मिटर दौड तर्फ श्री सिद्धेश्वर माविका राहुल बस्नेत प्रथम तथा श्री कैलेश्वर माविका मिलन सुनुवार द्वितीय भए भने श्री कास्थेम माविका सागर विक तृतीय भएका छन् ।
छात्रा तर्फ ८०० मिटर दौड तर्फ श्री कैलेश्वर माविका उर्मिला नेपाली प्रथम तथा श्री सरस्वती माविका अम्बिका खड्का द्वितीय भए भने श्री कास्थेम माविका दिपा थापा तृतीय भएका छन् ।
त्यसैगरी छात्र तर्फ ४०० मिटर रिले दौड तर्फ श्री सिद्धेश्वर मावि प्रथम तथा श्री चण्डेश्वरी मावि द्वितीय भयो भने श्री कास्थेम मावि तृतीय स्थान हाँसिल गरेका छन् ।
छात्रा तर्फ ४०० मिटर रिले दौड तर्फ श्री चण्डेश्वरी मावि प्रथम तथा श्री कास्थेम मावि द्वितीय भयो भने श्री सिद्धेश्वर मावि तृतीय स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी छात्र तर्फ १६०० मिटर रिले दौड तर्फ श्री कास्थे मावि प्रथम तथा श्री चण्डेश्वरी मावि द्वितीय भयो भने श्री सिद्धेश्वर मावि तृतीय स्थान प्राप्त गरेका छन् । छात्रा तर्फ १६०० मिटर रिले दौड तर्फ श्री कैलेश्वर मावि प्रथम तथा श्री सरस्वती मावि द्वितीय भयो भने श्री कास्थेम मावि तृतीय स्थान प्राप्त गरेका छन् ।
आईतबारको प्रतिस्पर्धा अन्तर्गत श्री कैलेश्वर माविले ४ स्वर्ण १ रजत र १ कास्य सहित पहिलो भएको छ भने श्री सिद्धेश्वर माविले ३ स्वर्ण र ४ रजत सहित दोस्रो हुन सफल भएको छ भने क्रमशः श्री कास्थेम मावि २ स्वर्ण १ रजत ४ कास्य, श्री चण्डेश्वरी मावि १ स्वर्ण ४ रजत २ कास्य, श्री महालंगुर मावि १ स्वर्ण, १ रजत, १ कास्य, श्री जनता मावि १ स्वर्ण जित्न सफल भएको छ भने श्री सरस्वती माविले ५ रजतमा चित्त बुझाएको छ ।
आइतबारदेखि माघ २४ गतेसम्म सचांलन हुने तेस्रो राष्ट्रपती रनिङ सिल प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य माननिय तारानारायण श्रेष्ठ ले उदघाटन गर्नुभएको छ । कार्यक्रममालाई उदघाटन गर्दै माननिय श्रेष्ठले जिल्लाकै बिगट मानिने उमाकुण्ड गाउँपालिकाले यति ठुलो कार्यक्रम सञ्चालन गर्नु चुनौती रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै श्रेष्ठले खेल मैदान रामेछाप जिल्लाकै उत्कृष्ट बनेकोले थप ब्यबस्थापनमा प्रदेस सरकारबाट सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै आफु भाषन भन्दानी यो ५ बर्ष काम गरेर देखाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले बिकासमा अन्य गाउँपालिका भन्दा उमाकुण्ड गाउँपालिका भौगोलिक बिगटका कारण थप बजेट प्रदेश सरकारले ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आफु समन्वय प्रमुख हुँदा जनताकै काममा प्रतिबद्धता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले भौगोलिक बिगटका बाबुजुत पनि उमाकुण्ड गाउँपालिकाको बिकास निर्माण तथा समाजिक सेवा प्रबाहमा कुनै कसुर नराखेको बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवाले भर्खरै निर्माण भएको खेल मैदानलाई थप ब्यबस्थापन गर्न प्रदेश सरकाले चासो दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठले समग्र गाउँपालिकामा भए गरेका खेलकुदका गतिविधिहरुलाई जानाकारी गराउँदै सहभागि सबै खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवार , सबै वडाका वडा अध्यक्ष , सदस्य, बिभिन्न बिद्यालयमा प्रधानध्यापक ,शिक्षक,बिद्यार्थी ,लगायतको उपस्थिति रहेको थियो ।
(तस्बिरहरु)


















