लिखुपिके ४ को किटिखर्कमा रहेको मन्दिरमा बिशेष पुजा

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा न ४ को सिरानमा रहेको शिंहसेती देबी र काली देबी मन्दिरमा पञ्चमीको अबसर पारी धामीझाँक्री सहित मेला लागेको छ ।

लिखुपिके गाउँपालिका वडा न ४ को आयोजनामा उक्त मन्दिरमा केहि धाँमीझाक्री सहित पुजा पाठ भएको मन्दिर पुजारी रामबहादुर खड्काले बताउनु भयो ।
परापुर्ब कालमा स्थापना भएको मन्दिरमा सेतो, कालिज , शिंह लगायत पर्बिमा देख्न सकिनी खड्क बहादुर बस्नेतले बताउनु भयो । धाँमीझाक्री सहित श्रद्वालु भक्तजनहरु बिहानै देखि मन्दिरमा भेटिघाटि चढाउँदै चिताएको कुरा पुगोस भन्दै बल मागेको पाइन्थ्यो । जङ्गलको बिचमा स्थापना भएको उक्त मन्दिरमा चिताएको कुरा पुरा भएको भक्तजनहरुको भनाई छ ।
मन्दिरलाई थप ब्यबस्थित बनाउँन कैलासदेब बस्नेतको अध्यक्षतामा ११ सदस्य मन्दिर ब्यबस्थापन समिती गठ्न भएको छ । उक्त मन्दिरलाई थप ब्यबस्थापन गरी आन्तारिक श्रद्वालु भक्तजनहरुमा बृद्वि गराई गाउँपालिकाको बिशेष चिनारीमा जोड दिने वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनुभयो । वडा न ४ का वडा सदस्य लगायत अन्य भक्तजनको उपस्थिति रहेको थियो ।
साथै सोहि अबसरमा जग्गादाता लिखुपिके ४ निबासी खड्क बहादुर बस्नेत र सोहि वडा निबासी डाली बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार