काठमाडौं । कास्की-३बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् ।
वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।





