ने.बि.स. लिखुपिके २ ले आयोजना गरेको भलिबल प्रतियोगिताको प्रथम उपाधि लिखुविके ४ ले हात पार्यो

सोलुखुम्बु :नेपाल बिद्यार्थी संघ लिखुपिके गाउँपालिका वडा न २ द्वार आयोजित वडा स्थरिय पुरुष भलिबल प्रतियोगिताको प्रथम स्थान लिखुपिके गाउँपालिका वडा न ४ को जनजागृति युबा क्लबले हात पारेको छ । त्यस्तै द्वितिय लिखुपिके ५ भकान्जे र तृतिय स्थान लिखुपिके २ भएको छ भने आयोजक लिखुपिके २ ले सान्वना स्थान हात पारेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजय हुने टिमले क्रमश प्रथम नगद रु १५ हजारको साथमा मेडल र प्रमाणपत्र ,द्वितियले नगद रु १० हजारको साथमा मेडल र प्रमाणपत्र ,तृतिय हुने टिमले नगद रु ५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन । सान्त्वना हुने टिमले नगद रु २ हजार ५ सयको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

केहि समय खेल अबरुद्ध हुनुको साथै एक टिम लिखुपिके गाउँपालिका वडा न ४ को S.B.P टिम भनि सेमिफाइनलको खेल नखेली बाहिरिएको थियो । बिजेता भएको टिम उपबिजेता सँग खेल्न पाउनु पर्ने, आयोजक र रेफ्रिले समयको अभाब देखाउँदै २ म्याच सहभागि नगराई फाइनल खेलमा लगेको र टाइसेट दिन आग्रह गर्दा आयोजकले नदिएकोले खेलबाट बाहिरीएको टिमको भनाई छ । भने आयोजकले भने खेल खेल्नु अघि नै हिजो नै सबै कुरा उनीहरुलाई जानाकारी गराएकोले जित हाँसिल गर्न नसक्दा यस्तो आरोप लगाएको खेल संयोजक कमल बस्नेतको भनाई थियो । निर्धारित समयमा खेल नभए पछी बाँकी टिमहरुको खेल भएको थियो ।

आइतबार हिजो देखि आज सोमबार सम्म सञ्चालन भएको प्रतियोगितामा लिखुपिके गाउँपालिका वडा न २, ३ ,४ र ५ का गरी ७ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।

समापन कार्यक्रम नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी लोकेन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा नेबिसंघ लिखुपिके गाउँपालिका संयोजक कमल बस्नेतको अध्यक्षता र लिखुपिके गाउँपालिका अध्यक्ष मिना बस्नेत ( कार्की) को बिशिष्ट आतिथ्यता उक्त प्रतियोगिता समापन गरिएको हो । त्यस्तै लिखुपिके २ का वडा अध्यक्ष मणिराज बस्नेत लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको रेफ्रि सोलुखुम्बुका मिलन केसी र सचिन नेवरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार