रास्वपा लिखुपिके १ को नेतृत्वमा लोप्साङ शेर्पा

सोलुखुम्बु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु पिके गाउँपालिका वडा नं. १ को प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट लोप्साङ शेर्पा सर्वसम्मत (निर्विरोध) रूपमा सभापतिमा चयन हुनुभएको रास्वपा लिखुपिके जनाएको छ।
अधिवेशनले डेण्डी शेर्पालाई उप-सभापति तथा आङ डेण्डी शेर्पालाई सचिवमा चयन गरेको छ । नवगठित नेतृत्वले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको अपेक्षाअनुसार प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा सहभागीहरूले नव निर्वाचित नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै संगठन विस्तार र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त समेत रास्वपा लिखुपिके गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार