सोलुखुम्बु :सोलुखुम्बुको सोलु दुधकुण्ड नगर पालिका वडा न २ जुनबेसीमा रहेको सुनौलो शिक्षा नेपाल द्वार सञ्चालित जुनबेसी माबिमा संञ्चालित stay at school nepal छात्रबास कार्यक्रमको तेस्रो पक्षिय सामाजिक लेखा परिक्षण सम्पन भएको छ । पारदर्शी,जबाफदेहिता हाम्रो अभियान भन्ने मुल नारासहित स्थापना भएको सुनौलो शिक्षा नेपाल द्वार संञ्चालित जुनबेसी छात्रबास कार्यक्रमको तेस्रो पक्षिय सामाजिक लेखा परिक्षण उक्त बिद्यालयमा मङ्गलबार सम्पन्न भएको हो ।
सन २०१९ मार्च देखि २०२२ जुलाई १६ सम्म सञ्चालित भएको भकान्जे छात्रबास परियोजनाको को प्रगती सुझाब सल्लाह , आर्थिक आय ब्यायको बारे सरोकारवालाहरुको भेला बोलाई सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएक सुनौलो शिक्षा नेपालकाका कार्यक्रम अधिकृत प्रदिप थापाले जानाकारी दिनुभयो ।
हातेमालो नेपाल काठमाडौका कार्यक्रम प्रबन्धक चुडामणि अर्याल तथा कार्यक्रम अधिकृत नबराज थापा, stay at school नेपालका लेखा तथा प्रबन्धक अम्बर बहादुर राणाले उक्त कार्यक्रमको सहजिकरण गर्दै सरोकारवालहरुलाई सुनौलो शिक्षा नेपालको बारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा सोलु दुधकुण्ड नगर पालिकाकी उप- मियर गान्धीमाया तामाङले stay at school छात्रबासको स्थापना गरि बिद्यालय रहेका बिद्यार्थीहरुको सिप , क्षमता र गुणस्तरीय टेवा पुग्ने भन्दै धन्यवाद ब्यक्त गरे आगामी दिनमा स्थानिय सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।



















Discussion about this post