बिष्णु खड्का
काठमाडौ । समृद्धि बचत तथा ऋण सहकारी संस्थाले सोमबार देखि उमाकुण्ड गाउँपालिकाको वडा न ४ प्रीति सेवा दिन थालेको छ । सँस्थाका अध्यक्ष गणेश बहादुर कार्कीको अध्यक्षता तथा उमाकुण्ड गाउँपालिका उपाध्यक्ष साबित्री सुनवारको प्रमुख आतिथ्यता साथै वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेत लगायतको उपस्थितीमा उक्त सेवा केन्द्र स्थापना भएको सस्थाका ब्यबस्थापक दिपक कार्किले बताए ।
हाल उमाकुण्डको वडा नं. १ गुम्देल, वडा नं. २ बाम्ती र वडा नं. ३ कुम्बुकास्थलीमा सेवा केन्द्र स्थापन गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले अन्य वित्तीय संस्थाहरूसंग तिव्र रूपमा प्रतिस्पर्धा गर्दै आगामी दिनहरूमा उमाकुण्ड गाउँपालिका भरि कार्यक्षेत्र बिस्तार गर्नसक्ने संस्थाका अध्यक्ष गणेश बहादुर कार्कीले बताए । विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, चन्दा दाता, शेयर सदस्यहरू उपस्थित भएको उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले वित्तीय संस्थाहरूले हिसाब किताब सुस्त दुरुस्त राख्नुपर्ने भन्दै यस संस्थाको थप प्रगतिको कामना गरेका थिए । संस्थाको आफ्नै भबण भनि उमाकुण्ड गाउँपालिका वडा न २ बाम्तिभण्डारमा रहेको छ ।



















Discussion about this post