कार्कीले प्रधानमन्त्रीसमक्ष सोलुखुम्बु योजना राखे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सँगको प्रत्यक्ष संवादमा सोलुखुम्बुबाट निर्वाचित सांसद प्रकाश सिंह कार्की ले जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण एजेण्डाहरू प्रस्तुत गर्नुभएको छ।
कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले स्थानीय आवश्यकता, जनअपेक्षा र विकास प्राथमिकताबारे सुझाव माग्नुभएको थियो। सो अवसरमा सांसद कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रका योजनाहरूलाई तीव्र कार्यान्वयन गर्न जोड दिनुभयो।
सोलुखुम्बुका मुख्य एजेण्डा:
• सोलुखुम्बु–ओखलढुङ्गा–खोटाङ सडक स्तरोन्नति र पुल निर्माण सम्पन्न
• खुम्बु–सोताङमा विद्युत् सबस्टेसन र १३२ केभी लाइन विस्तार
• दुधकोशी करिडोरलाई उच्च प्राथमिकता
• ‘गोल्डेन सगरमाथा सडक’ कालोपत्रे र सबै पालिका सडक सञ्जालमा जोड्ने
• निर्माणाधीन मोटरेबल पुलहरू तीव्र रूपमा सम्पन्न
• फाप्लु अस्पतालमा ब्लड बैंक र एम्बुलेन्स सेवा विस्तार
• जिल्लाभर शुद्ध खानेपानीको पहुँच
• कृषकका लागि निःशुल्क कृषि एम्बुलेन्स व्यवस्था
• NTC नेटवर्क विस्तार
• बाँदर नियन्त्रण कार्यक्रम
• विद्यालय सुधार र गुणस्तरीय शिक्षा
• ७२ सिट विमानस्थल सम्भाव्यता अध्ययन
• नेचासल्यान CTEVT कलेज सञ्चालन
प्रधानमन्त्री बालेन्द्र शाह ले सबै क्षेत्रलाई समान रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार