सोलुखुम्बु-जिल्लामा आज बिहानदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १३९ मतदान केन्द्रमा मतदान सुरु भएको छ। तोकिएको समयमै मतदान सुरु भएसँगै मतदाताहरूको उल्लेख्य उपस्थिती देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न लाइनमा बसेका छन्। वृद्धवृद्धा, महिला तथा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ।
जिल्लामा यसपटक ८५ हजार ५ सय १५ मतदाता रहेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ। दुर्गम र हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा पनि चिसोका बाबजुद उत्साहजनक रूपमा मतदान भइरहेको जनाइएको छ।
हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको जानकारी प्राप्त भएको छ।



















Discussion about this post