पौष २२,सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको विकास र सुशासनको माग गर्दै लिखुपिके जेनजेड समूहले पटक–पटक छलफलको प्रयास गरे पनि नेतृत्वले ध्यान नदिएको आरोप लगाएको छ।
समूहले करिब दुई महिना अघि बुँदागत माग पेश गर्दै खुला छलफलको आग्रह गरेको थियो। तर गाउँपालिकाले मौन बस्दै समय टार्ने काम गरेको र जनचासोका विषयमा उदासीनता देखाएको जेनजेड समूहले जनाएको छ। अब समूहले शान्त बस्न नसक्ने अवस्था आएको भन्दै ६ दिनको अन्तिम समयसीमा दिएको छ। यदि पुस २८ गतेसम्म छलफलको वातावरण नबनेमा पुस २९ गतेदेखि आन्दोलन सुरु हुने चेतावनी दिइएको छ।
आन्दोलनका क्रममा एम्बुलेन्स बाहेक सबै सरकारी साधन प्रयोग नगर्ने, प्रशासनिक कार्य रोक्ने र सरकारी निर्णयको दुरुपयोग भए त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने चेतावनी समूहले दिएको छ।
जेनजेड लिखुपिकेका संयोजक ईश्वर श्रेष्ठका अनुसार, समूहले माग गरेको जानकारीमा सार्वजनिक योजना, बजेट, प्रगति प्रतिवेदन, आन्तरिक खर्च, सेवा–सुविधा विवरण, उपाध्यक्षका व्यक्तिगत सुविधाहरू, सवारी साधन प्रयोग, लिखु हाइड्रोपावर प्रतिवेदन, कार्यपालिका निर्णय, वडा कार्यालय गतिविधि, योजना कार्यान्वयन अवस्था र केन्द्रीय प्रशारण लाइन जडानसम्बन्धी स्पष्ट विवरण सामेल छन्।
समूहले चेतावनी दिएको छ कि यदि माग पूरा नगरे गाउँपालिकाको कार्यप्रणाली पूर्ण रूपमा रोकिने र आन्दोलन थप कडा रुप लिन सक्नेछ।
विज्ञप्ति




















Discussion about this post