सोलुखुम्बु-लिखुपिके गाउँपालिका–५, भकान्जे स्वास्थ्य चौकीमा आइतवार आजदेखि चार दिने निःशुल्क दन्त शिविर सुरु भएको छ। हिमालयन प्रोजेक्ट डेनमार्क र हिमालयन प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको यस शिविरबाट स्थानीय बासिन्दा र विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
शिविर उद्घाटन गर्दै हिमालयन प्रोजेक्टकी कार्यकारी निर्देशक जानकी खड्काले दन्त समस्या लिएर टाढासम्म जानुपर्ने बाध्यतालाई ध्यानमा राख्दै स्थानीयमै उपचार सुविधा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताउनुभयो।
यस शिविरमा दाँत परीक्षण, भर्ने, निकाल्ने, सफा गर्ने लगायतका उपचार सुविधा उपलब्ध गराइने कार्यकारी खड्काले बताउनुभयो। साथै, दाँत बलियो बनाउने तरिका र किराबाट बच्ने उपायसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिने शिविर संयोजक डा. जाङ्बु शेर्पाले जानकारी दिनुभयो।
आजदेखि सुरु भएको शिविर असोज १५ गतेसम्म सञ्चालन हुनेछ।



















Discussion about this post