काठमाडौं । जेन-जी आन्दोलनमा सहजीकरण गर्दै आएका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।
हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा उनी सवार गाडीलाई एक अपरिचित समूहले मोटरसाइकल र कारमार्फत पछ्याउँदै आक्रमण गर्न खोजेको बताइएको छ। घटना हुने अवस्थामा पुगेपछि सुरक्षाकर्मीहरूले तत्कालै हस्तक्षेप गरेका थिए।
आक्रमण प्रयासपछि गुरुङलाई सुरक्षित राख्न नेपाली सेनाको जिम्मेवारीमा लगिएको बुझिएको छ। अहिले उनी सेनाको कडाइका बीचमा सुरक्षा दिइरहेका छन्।
यस घटनापछि आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूको सुरक्षाबारे थप चिन्ता बढेको छ। आक्रमण प्रयासमा संलग्न समूहको पहिचान भने अझै खुल्न सकेको छैन।



















Discussion about this post