सोलुखुम्बु-लिखुपिके गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्ट्रिको पार्टि कार्यलय घण्टी घर स्थापना गरिएको छ। गाउँपालिकाको सेन्टर काप्लेचौरमा शुक्रबार गाउँपालिका सभापती सौरव खड्का, लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य पदाधिकारी लगायत शुभ चिन्तकहरुको उपस्थितीमा पार्टि कार्यलय स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टि लिखुपिकेका सभापती सौरभ खड्काले सिधा प्रेसलाई बताउनुभयो ।
कार्यक्रममा पार्टि कार्यलयको स्थापना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टि आगामी निर्वाचनमा जनताको अमुल्य बहुमत ल्याउन सक्ने गरि सक्रिय रूपमा अगाडि बढ्ने सहभागी कार्यकर्ताहरुले जनाएका छन।
पाट्रि कार्यलय स्थापना सँगै अव पार्टिका हरेका कार्यकम गर्न सहर्ज हुने राष्ट्रिय स्वतन्त्र पार्टि लिखुपिके गाउँपालिकाले जनाएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी लिखुपिके गाउँपालिका वडा न ३ निवासी स्व : गौरव भुजेलको परिवारलाई भेटि उहांप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै समाजसेवी पूर्व सेनानी लिखुपिके गाउँपालिका वडा न २ मेस्की घर भई हाल वेलायत निवासी दिपक रोक्काबाट मृतक भुजेलाई आएको सहयोग तथा राष्टिय स्वतन्त्र पार्टी लिखुपिके प्रतिनिधीहरुवाट प्राप्त सहयोग पनि शुक्रवार हस्तान्तरण गरिएको छ।




















Discussion about this post