भकान्जे स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग मिल्ने

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको वडा न-५ भकान्जे स्वास्थ्य चौकीको लागि आर्थिक वर्ष २०८२/८३ भित्र हिमालयन गुगे नेपालको आर्थिक सहयोगमा आफ्नै एम्बुलेन्स हुने वडा अध्यक्ष ङिमा छिरी शेर्पाले बताएका छन।

विहिवार हिमालयन गुगे नेपालका कार्यकारी निर्देशक टाँसी फिन्जो र उहाँको श्रीमती सुष्मा गुरुङ बीच बैठक बसी सो बैठकबाट वडाको तर्फबाट मागपत्र अनुसार हिमालय गुगे नेपालको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भएको अध्यक्ष शेर्पाले बताए।
सो एम्बुलेन्सले निकट भबिस्यमा वडा बासीले समयमा एम्बुलेन्स नपाउने ,चर्को शुल्क तिर्नु नपर्ने अपेक्षा राखिएको समेत उनले बताए। उक्त सहयोग गर्ने प्रतिबद्धता जनाउने हिमालयन गुगे नेपालका कार्यकारी निर्देशक टाँसी फिन्जो र उनकी श्रीमती सुष्मा गुरुङलाई वडावासीहरुले हार्दिक धन्यवाद ज्ञापन गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार