खोटाङ-कालिका वडा स्तरीय महिला समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ खोटाङले पत्रकार राजकुमार भट्टराईलाई सम्मान गरेको छ।
कालिका वडा स्तरीय महिला समुहको आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा दिक्तेलमा आयोजना भएको तीन दिने नेतृत्व विकास तथा संस्थागत क्षमता अभिबृद्दि तालिम समापनको अवसरमा महिला समूहले पत्रकार भट्टराईलाई सामाजिक सेवा सम्मान २०८२ ले सम्मान गरेको हो।
पत्रकारिताको माध्यमबाट आम जनतालाई सुसूचित गर्दै जिल्लामै रहेर समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको कालिका वडा स्तरीय महिला समुहकी अध्यक्ष लोकमाया थापा (बस्नेत) ले जानकारी दिईन ।
पत्रकार भट्टराईलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, रुपाकोट मझुवागढी नगरपालिकाका-१ का वडाध्यक्ष नवराज राई, महिला समुहकी अध्यक्ष बस्नेतले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ खोटाङका सचिव समेत रहेका भट्टराई जिल्लामा भ्युज अफ नेपाल, रुपाकोटखबर डटकम अनलाइनका सञ्चालक तथा गोरखापत्र दैनिकका जिल्ला संवाददाता हुन्।



















Discussion about this post