रास्वपा लिखुपिकेले गर्‍यो हस्ताक्षर अभियान

सोलुखुखु-राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान देशभर चलिरहेको छ। जस अन्तरगत शनिवार लिखुपिके गाउँपालिकामा पनि रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको रास्वपा लिखुपिकेका प्रतिनिधी रामचन्द्र बस्नेतले सिधा प्रेसलाई जानाकारी दिनुभयो ।
गाउंपालिकामा मिनबहादुर बस्नेत नेतृत्वमा रबि लामिछानेमाथि सांधिएको राजनितिक प्रतिसोधको बिरुद्दमा बृहत हस्ताक्षर कार्यक्रम शुरु भएको रास्वपा लिखुपिके कमिटीले जनाएको छ। १२ लाख भन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरू खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर समेत रास्वपाका नेताहरुले गरेका छन। हस्तारक्षर अभियानमा युवा तथा बृद्ध लगायतको उपस्थिती रहेको थियो । हस्तारक्षर अभियान सँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्न इच्छुक लिखुपिकेबासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरुले हस्ताक्षर कार्यक्रमस्थलबाटै सदस्यता परिचय पत्र प्राप्त गर्न सक्ने समेत
रास्वपा लिखुपिके कमिटीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार