दोलखाको जिरी नगरपालिका -६ स्थित गुराँस पार्कमा रहेको प्रतिक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका जिरी नगरपालिका -७ सुर्केका ३९ वर्षीय नुर्बु शेर्पाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रतिक्षालयको ट्रष्टमा झुण्डिने क्रममा सिमेन्टको कंक्रिटमा बजारिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
गम्भीर घाइते भएका शेर्पालाई तत्काल उद्धार गरी जिरी अस्पतालमा पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि हिजै हेलिकोप्टर मार्फत काठमाडौं रिफर गरिएको थियो ।
जिरीबाट काठमाडौंको ह्याम्स अस्पतालमा लगिएकोमा उनलाई बौद्ध स्तुपा अस्पताल रिफर गरिएको थियो । तर,उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
अहिले भर्खरै अस्पतालले मृत घोषणा गरेको स्थानिय नुर्बु शेर्पाले न्यूज दोलखालाई जानकारी दिए । स्रोत hamro update .com



















Discussion about this post