सोलुखुम्बु-लिखुपिके गाउँपालिकामा असुल गर्नुपर्ने बेरुजु रकम रु ५१ लाख १हजार रहेको महालेखा प्ररिक्षकको प्रतिबेदन सार्बजनिक भएको छ आर्थिक बर्ष २०८१/०८२ मा जम्मा ५१ करोड ३५ लाख ५७ हजारको कुल बजेटमा उतm रकम असुल गर्नुपर्ने भएको हो । यस सगै प्रमाण कागज पेश गर्नुपर्ने रकम रु १ लाख १३ हजार र नियमित गर्नुपर्ने रकम ४४ लाख १० हजार रहेको मलेपको हालै सार्बजनिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
असुल गर्नुपर्ने रकममा पदाधिकारी पोशाक भत्ता बापत खर्च गरिएको १९ हजार ८४०, योजना अनुगमन बापतको रकम रु ४१ हजार ६५० मेलमिलाप तथा सहजिकरण कार्यक्रम संचालनमा १८ हजार ६६० सामाजिक सुरक्षा भत्ता बापतको १२ हजार तथा पालिकामा कार्यरत डक्टर प्रेम श्रेष्ठको आयकर कट्टा लगायतका शिर्षकमा भएको खर्च रकम असुल गर्नुपर्ने जनाएको छ । गाउँपालिकामा गत बर्षसम्म ९ करोड ६६ लाख ३५ हजार बेरुजु बाँकि रहेकोमा हाल सम्मको अद्यावधिक बेरुजु ११ करोड ४९ लाख ९० हजार रहेको प्रतिबेदनमा उल्लेख गरिएकको छ । समाचार स्रोत-सोलु एफएम



















Discussion about this post