खेल्दा निलेको कैंची पेटबाट शल्यक्रियामार्फत निकालियो

उदयपुर-उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची नोबेल मेडिकल कलेज, विराटनगरका चिकित्सकले सफल शल्यक्रियामार्फत निकालेका छन्। बालकले घरमै टिभी हेर्दै गर्दा खेल्ने क्रममा गल्तीबस निलेको कैंची सिधै पेटसम्म पुगेको थियो।

नोबेल मेडिकल कलेजका प्रबन्धक दीपेश राईका अनुसार, ती बालकलाई १७ असारमा गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। त्यसपछि डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको नेतृत्वमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची सफलतापूर्वक निकालिएको हो।

परिवारका अनुसार, बालक मुखमा कैंची राखेर खेलिरहेका बेला अचानक घाँटीभित्र पसेको थियो। पीडा महसुस गरेपछि बालकले चिच्याए, त्यसपछि हजुरबुबाले निकाल्ने प्रयास गर्दा कैंची अझ गहिरो पुगेको थियो, जसका कारण त्यो सानो आन्द्रासम्म पुगेको थियो।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नोबेल मेडिकल कलेज ल्याइएको थियो। समयमै शल्यक्रिया भएकाले जटिलता बढ्न पाएन र बालक पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार