सोलुखुम्बु-ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ स्थित जाल्पा मन्दिरमा बोलेरो गाडी दुर्घटना भएको छ। रमाइलोडाँडाबाट मिलनचोकतर्फ जाँदै गरेको प्र.२–०१–००१ च ००९१ नम्बरको उक्त बोलेरोको ब्रेक फेल भएर गाडी सडकबाट करिब ५ मिटर तल खसेको हो ।
घटना बारे जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटिएको थियो । टोलीले तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र व्यवस्थापन गरेको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको र बोलेरो गाडी हाल घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिए । प्रहरीका अनुसार गाडीको ब्रेक प्रणालीमा समस्या देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। रासस



















Discussion about this post