सोलुखुम्बु-जिल्लाको लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको हिमगंगा माध्यामिक विद्यालयमा बौद्ध धर्म संस्कार अनुसार लामाद्वारा साङ र दोमाङ शान्ती पूजापाठ र हिन्दु संस्कार अनुसार ब्राह्मण गुरु पुरोहितद्वारा रुद्री, चण्डि जापद्वारा शान्ती पूजापाठ सोमवार सम्पन्न भएको छ । कार्यक्रमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण बहादुर बस्नेत लगायत सदस्यहरु , प्रधानध्यापक हेम बहादुर बस्नेत, लगायत शिक्षक अविभाबक संघ , अन्य अविभावक विद्यार्थी लगायत वडा न ३ का वडा अध्यक्ष धुर्व बहादुर वस्तेत गाउँपालिका अध्यक्ष मिना कार्की वस्तेत उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद पराजुली, लेखा अधिकृत राजकुमार खत्री ,लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
त्यस्तै प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरी
कक्षा १० का अभिभावकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत भएको छ। त्यस्तै कार्यक्रम सफल पार्न मूख्य भूमिकामा रहेका कक्षा १२, बाल क्लव लगायत सम्पूर्ण विद्यार्थीहरु, सम्पूर्ण ,शिक्षक वर्गहरु, वि.व्य.स., शि.अ.संघ, गाउँपालिका अध्यक्ष्य , उपाध्यक्ष , सम्पूर्ण वडाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि, अभिभावक, लामा, गुरु पुरोहित लगायत निम्ता स्वीकारेर आउनुहुने सबैप्रति विद्यालयले आभार व्यक्त गरेको छ। त्यस्तै नतिजामा ग्रेडेड हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई साथै थप सुधारको कामना समेत विद्यालयले गरेको छ।



















Discussion about this post