सोलुखुम्बु-सोताङ गाउँपालिका उपाध्यक्षलाई कारबाहीको माग गदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापनपत्र बुझाइएको छ । ढाका बुनाई प्रशिक्षकबाट कमिसन मागेको म्यासेन्जर च्याट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी माओवादीले तत्काल आवश्यक छानविन तथा कारबाहीको माग गरेको हो ।
महिला लक्षित कार्यक्रम अन्तर्गत ४५ हजार रुपैयाँको कमिसन मागेको प्रमाण सार्वजनिक भएको घटनामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले यस घटनालाई गम्भीर रुपमा लिएको तथा कडा विरोध जनाउँदै कानुनी कारवाहीको माग गरेको छ । पार्टीका अध्यक्ष गोविन्द नाछिरिङले जनप्रतिनिधिहरुले सम्पती विवरण सार्वजनिक गर्नुपर्ने, तत्काल जिम्मेवारीबाट हटाई कार्यालय प्रवेशमा रोक लगाउनुपर्ने प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।



















Discussion about this post