रामेछाप-‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल नाराका साथ रामेछापको उमाकुण्ड गाउँपालिकामा योग शिक्षक तालिम सुरु भएको छ। गाउँपालिकाको आयोजना र नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रिट काठमाडौँको प्राविधिक सहयोगमा आइतबारबाट सुरु भएको तालिम असार २८ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको छ ।
उमाकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अभिजित सुनुवारको अध्यक्षमा सुरु भएको तालिममा योग प्रशिक्षक बालकृष्ण खलाल र भीमप्रसाद आचार्यले प्रशिक्षण दिइरहेका छन्। गाउँपालिका क्षेत्रभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरू गरी ३० जनाको सहभागिता रहेको तालिममा शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, योग अभ्यास, ध्यान र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिने गाउँपालिकाले जनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रशासकीय प्रमुख अभिजित सुनुवारले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा विस्तार गर्न आग्रह गर्दै विशेषतः मानसिक तनावबाट पीडित व्यक्तिहरूलाई लाभ पुग्ने गरी शिक्षक र स्वास्थ्यकर्मीहरू अग्रसर हुनुपर्ने बताउनुभयो।
त्यसै गरी, गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सकारात्मक सोच र जीवनशैली विकास गर्न तालिमको आयोजना गरिएको उल्लेख गर्दै गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ मा तालिमका लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।



















Discussion about this post