सोलुखुम्बु-सोलुखुम्बुमा हालसम्म २६.९३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाभर कुल १,२२५ हेक्टर जमिनमा धान खेती हुने अनुमान गरिए पनि हालसम्म ३३० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ। समयमा बर्षाद नहुदा र, सिँचाइको अभावको कारण खेत जोत्न ढिलाइ हुँदा रोपाइँ ढिला भइरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कृषि प्राविधिक सहायक महेश शर्माले जानकारी दिनुभयो ।
वहाँका अनुसार सोलुखुम्बुको नेचासल्यानमा १९ प्रतिशत रोपाइ सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिकामा ३३ प्रतिशत ,थुलङ दुधकोशी गा पा मा २१ प्रतिशत ,सोताङमा २१ महाकुलुङमा ८०,माप्य दुधकोशीमा २६.६६ लिखुपिकेमा ४०.७४ प्रतिसत रोपाई सम्पन्न भएको हो । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक अन्य स्थानिय तहमा पुर्ण तथा आंशिक क्षेत्रमा बर्षे धान खेती हुने गरेको छ ।सोलुखुम्बु जिल्लामा समुद्री सतहबाट करिब १६ सय मिटर उचाई सम्म धान खेती गर्ने गरिएको छ ।



















Discussion about this post