आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने

सोलुखुम्बु – देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एक÷दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । त्यस्तै आजराति कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बागमती, लुम्बिनी र कोशी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार